काठमाडौं- स्पेनिस क्लब डेपोर्टिभो अलाभेसका खेलाडी र पदाधिकारीसहित १५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। यसअघि स्पेनिस क्लब स्पानियोलका ६ जनामा साथै भ्यालेन्सियाका खेलाडी र पदाधिकारीसहित ३५ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो।
ठप्प रहेको स्पेनिस फुटबलमा संक्रमणको जोखिम बढ्दै जाँदा खेलाडीहरु मैदानमा फर्कने समयसमेत पछि सर्दै गएको छ। अलाभेसले सबै खेल गतिविधि बन्द गरेर खेलाडीहरुलाई क्वारेन्टाइनमा राखेको छ।
अलाभेसका १५ जनामध्ये तीन जना सिनियर टिमका खेलाडीमा संक्रमण देखिएको बताइएको छ। त्यसमा ७ जना प्रशिक्षक समूहका पदाधिकारी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।