काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीले हवाई इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घटाउने भएका छन्। नेपाल आयल निगमले गत सोमबारमात्रै आन्तरिक उडानतर्फको हवाई इन्धन (एटीफ) को मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको थियो।
कोरोनाको सन्त्रास बढ्दै गएपछि हवाई यात्रुको संख्यामा पनि कमी आएको छ। हवाई यात्रुको संख्यामा कमी आएसँगै हवाई भाडमा ५० प्रतिशतभन्दा बढी भाडा अहिले नै कम छ। तर, वायुसेवा कम्पनीहरुले सरकारले स्वीकृत गरेको हवाई भाडामा रहेको इन्धनको भाडालाई कम भएको भन्दै इन्धन चार्ज घटाउने निर्णय गरेको छ। घटेको हवाई भाडा भोली शुक्रबारदेखि लागू हुनेछ।
गन्तव्य | घटेको भाडा | नयाँ भाडा |
माउन्टेन | १५० | १११५० |
पोखरा | ७५ | ४९७५ |
भरतपुर | ४५ | ३६०५ |
विराटनगर | ११० | ७४४० |
जनकपुर | ६० | ४२४० |
सिमरा | ४० | ३०८० |
भैरहवा | ९५ | ६१०५ |
धनगढी | २०० | १२४५० |
नेपालगञ्ज | १५० | ९८५० |
भद्रपुर | १३५ | ८९६५ |
तुम्लिङ्टार | ८० | ५९२० |
सुर्खेत | १५५ | ११२४५ |
राजविराज | ९० | ६११० |
लुक्ला | ६० | ४९७० |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।