• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युरोकप सर्दा कसैलाई घाटा कसैलाई फाइदा

64x64
नेपाल लाइभ बिहीबार, चैत ६, २०७६  १३:१५
1140x725

काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले युरोकप फुटबल एक वर्ष पछि सारेसँगै त्यसले केही खेलाडीको भूमिका फरक हुने देखिएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा आएको युइएफएको निर्णयमा भिन्न प्रतिक्रिया आइरहँदा केही फाइदा र केही बेफाइदा देखिएका छन्। 

फाइदामा रहने खेलाडीमा घाइते रहेकाले युरोकप गुमाउनु परेका खेलाडीहरु देखिन्छन्। खेल एक वर्षपछि सरेसँगै उनीहरुको मैदान फर्कने सम्भावना बलियो बनेको छ। तर धेरै सिनियर खेलाडीहरुको अवस्था भने २०२१ सम्ममा धेरै फेरिइसक्ने देखिन्छ। उदाहरणका लागि अहिले खेलको लयमा रहेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डो युरोकप हुने समयसम्म ३६ वर्षका हुनेछन्, जसले उनको अहिलेको खेल लय नरहन सक्नेछ। 

प्रतियोगिता यसअघि यो वर्ष १२ जुनदेखि १२ जुलाइका बीचमा हुने तय थियो। मिति सरेसँगै अब अर्को वर्ष ११ जुनदेखि ११ जुलाइसम्म हुने भएको छ। युरोकप एक वर्ष पछि सरेको हुनाले अहिले स्थगित रहेका युरोपियन लिगहरु सकाउने समय मिल्ने विश्वास पनि गरिएको छ। युरोपियन लिगमा आउँदो वर्षसम्म केही नयाँ खेलाडीले राम्रो खेल देखाउन सके उनीहरुका लागि युरोकपमा राष्ट्रिय टिममा पर्ने सम्भावना रहन्छ नै। 

युइएफएले आफू सम्बद्ध फुटबल संघहरुसँगको छलफलपछि २०२० जुन ३० सम्ममा सबै लिग फुटबल र युरोपियन क्लब प्रतिस्पर्धाका खेलहरु सकाउने गरी सहमति पनि गरेको छ। 

यस्ता केही खेलाडी छन् जो युरोकप सरेकाले केही फाइदामा देखिन्छन्,

इडन हाजार्ड

Ncell 2
Ncell 2
nimb
nimb

बेल्जियमका इडन हाजार्डका लागि यो सिजन राम्रो हुन सकेको छैन। चेल्सीबाट रियल मड्रिड गएका उनी धेरै समय त चोटकै समस्यामा रहे। अहिले गोलिगाँठाको अपरेसन गरेर आराममा रहेका हाजार्डले पुरानै मितिमा युरोकप हुँदा प्रतियोगिता नै गुमाउने खतरा देखिएको थियो। बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि हाजार्डको अवस्थाले आफू चिन्तित रहेको बताएका थिए। अहिले युरोकप एक वर्ष सरेसँगै उनको मैदान फिर्ती सहज देखिएको छ।

ह्युगो लोरिस

फ्रान्सका गोलकिपर ह्युगो लोरिस पनि अहिले चोटको समस्यामा छन्। टोटनह्याममा रहेका उनी चोटकै कारण अहिले अभ्यासमा सामेल हुन सकिरहेका छैनन्। त्यसैले युरोकप फुटबलका लागि उनी फ्रान्सको टिममा पर्ने सम्भावना कम देखिएको थियो। अहिले युरोकप सरेसँगै उनले चोटबाट फर्कने पूरा अवसर पाएका छन्।

Xtrem

Xtrem

उसमान डेम्बेले

बार्सिलोनामा आएदेखि नै चोटको समस्या भोगिरहेका फ्रान्स फरवार्ड उसमान डेम्बेलेका लागि पनि युरोकप फुटबलकै समयमा मैदानमा फर्कन सकस थियो। उनले २०२० मा युरोकप हुँदा प्रतियोगिता गुमाउने पक्का जस्तो देखिइरहँदा एक वर्ष खेल सर्नुले चोटबाट फर्कने अवसर पाएका छन्। प्रशिक्षक डिडिएर डेस्च्याम्पको खेलशैलीमा प्रमुख देखिएका डेम्बेलेका लागि मैदान फर्कने राम्रो अवसर मिलेको छ। 

निकोलो जानिलो

रोमामा रहेका इटालियन खेलाडी निकोलो जानिलोका लागि पनि युरोकप एक वर्ष पछि सर्नु फाइदाजनक देखिएको छ। जनवरीको सुरुमा नै उनी युभेन्टसविरुद्धको खेलका बेला गम्भीर चोटमा परेका थिए। २० वर्षका उनी अहिले चोटबाट फर्कन मेहनत गरिरहेका छन्। आउँदो जुनसम्म उनी मैदान फर्कन सक्ने विश्वास गरिएको छ। 

मार्कस रासफोर्ड 

मार्कस रासफोर्ड युरोकपमा नहोलान् भन्ने चिन्ता इंग्ल्याण्ड समर्थकमा देखिएको थियो। म्यानचेस्टर युनाइटेडमा रहेका मार्कस रासफोर्डको चोट गम्भीर रहेको उनका प्रशिक्षक ओले गुनार सोल्सकेयरले बताइरहेका थिए। अब युरोकप एक वर्ष पछि सरेकाले उनले चोटबाट फर्कने पर्याप्त समय पाउनेछन्।  

ह्यारी केन

इंग्ल्याण्डका लागि प्रमुख स्ट्राइकरमध्ये एक हुन्, ह्यारी केन। टोटनह्याममा रहेका ह्यारी केनका बारेमा इंग्ल्याण्डका प्रशिक्षक ग्यारथ साउथगेट चिन्तित देखिएका थिए। चोटले गर्दा टोटनह्याममा नै यो सिजन राम्रो गर्न नसकेका उनले अब युरोकपमा फर्कने समय पाएका छन्। 

निकलस सुले

बायर्न म्युनिखमा रहेका जर्मन डिफेन्डर निकलस सुलेका लागि पनि युरोकपको सहभागितामा प्रश्न चिन्ह आइरहेका थिए। घाइते रहेका उनीसँग युरोकपसम्म ठीक हुन पर्याप्त समय थिएन। अब युरोकप एक वर्ष सरेकाले उनका लागि पनि चोटबाट फर्कने अवसर मिलेको छ। जर्मनीका लागि यु१६ देखि नै उमेर समूहका खेलहरु खेल्दै आएका उनी २०१६ देखि राष्ट्रिय टिममा रहेका खेलाडी हुन्। 

०००
चोटबाट फर्कने समय पाउने हुँदा केही खेलाडीलाई युरोकप सर्दा फाइदा हुने देखिए पनि केही खेलाडीलाई भने युरोकप सर्दा घाटा हुने देखिन्छ। त्यसमा प्राय त उमेरका कारण समस्यामा पर्नसक्ने खेलाडीहरु छन्। धेरै सिनियर खेलाडीहरुको अवस्था भने २०२१ सम्ममा धेरै फेरिइसक्ने देखिन्छ।

यस्ता केही खेलाडीहरु छन् जो युरोकप हुँदासम्म ३५ वर्ष कट्नेछन्, उनीहरुमध्ये केहीले २०२० को युरोकप नै राष्ट्रिय प्रतियोगितामा अन्तिम हुनेसमेत बताइरहेका थिए। 

म्यानुअल नियोर

जर्मनीमा अहिले गोलकिपर म्यानुअल नियोरसँगै मार्क आन्द्रे टेर स्टेगेनमा कसलाई नम्बर १ गोलकिपर बनाउनुपर्छ भन्ने विषयमा खुब बहस चलिरहेको थियो। अहिले ३४ वर्ष पुगेका नियोरका लागि युरोकप एक वर्षपछि सर्नु घाटा हुने देखिन्छ। लामो समयदेखि राष्ट्रिय टिमको रोजाइँमा पर्न संघर्ष गरिरहेका टेर स्टेगेन प्रमुख रोजाइँमा आउने सम्भावना बढ्नेछ। 

लुका मोडरिक

२०१८ को विश्वकपमा लुका मोडरिकको महत्व क्रोयसियाको टिममा कति थियो भन्ने देखिएको थियो। त्यसैले पनि युरोकपमा उनी राष्ट्रिय टिमका लागि महत्वपूर्ण खेलाडी हुन्। रियल मड्रिडका मिडफिल्डर लुका मोडरिक २०२१ मा युरोकप हुँदा ३५ वर्षका पुग्नेछन्। त्यसैले उनका लागि युरोकपसम्म परिस्थिति फरक हुन सक्नेछ। 

ओलिभर जिराउड

फ्रान्सका ओलिभर जिराउडका लागि पनि युरोकप एक वर्ष पछि सर्नु सुखद देखिँदैन। युरोकपका बेला ३४ वर्षका हुने जिराउडको खेल लय अहिले नै पनि पुरानो समयको जस्तो छैन। अहिले चेल्सीमा नै पनि उनको खेल समय नियमित देखिएको छैन। त्यसैले पनि युरोकप फुटबल जिराउडका लागि असहज देखिएको छ। 

टोनी क्रुस  

टोनी क्रुसले केही दिन अघि मात्रै आउँदो युरोकप राष्ट्रिय टिमबाट आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका थिए। अहिले रियल मड्रिडमा रहेका क्रुसले अब २०२० मा नै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गर्नेछन् वा २०२१ मा हुने युरोकपसम्म पर्खनेछन् भन्ने यकिन छैन। 

इभान राकिटिक

इभान राकिटिकले पनि गएको डिसेम्बरमा आउँदो युरोकप राष्ट्रिय टिमबाट आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका थिए। क्रोयसियाका लागि २०१८ को विश्वकप फुटबलमा राकिटिकको खेल महत्वपूर्ण थियो। बार्सिलोनाका मिडफिल्डर राकिटिक पनि पहिलेको जस्तो खेल लयमा नदेखिएकाले उनका लागि युरोकप सर्नु सुखद देखिँदैन। 

लियोनार्दो बोनुची

इटालीका डिफेन्डर लियोनार्दो बोनुची राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन्। युरोकप २०२१ सम्म उनी ३४ वर्षका हुनेछन्। २०१० देखि इटालीको राष्ट्रिय टिमबाट खेलिरहेका उनी अहिले युरोकप एक वर्षपछि सर्नुले उही लयमा देखिन समस्या हुनेछ। 

जर्जियो चिलिनी

बोनुचीजस्तै अनुभवी डिफेन्डर चिलिनी इटालीका लागि महत्वपूर्ण खेलाडी हुन्। २०२१ को युरोकपसम्म उनी ३७ वर्षका पुग्नेछन्। यसैले युइएफएको निर्णय उनका लागि समस्या देखिएको छ। २००४ देखि इटालीको राष्ट्रिय टिममा रहेका उनले राष्ट्रिय टिमबाट १ सय ३ खेल खेलिसकेका छन्। 

पेपे

पोर्टोका सेन्टर ब्याक पेपे २००७ देखि पोर्चुगल राष्ट्रिय टिमका खेलाडी हुन्। अहिलेनै ३७ वर्ष पुगिसकेका उनका लागि २०२१ को युरोकप फुटबल किनै पर देखिएको छ। अहिलेसम्म उनी युरोपियन प्रतिस्पर्धाका लागि योग्य देखिए पनि युरोकप सर्नुले भने समस्यामा परेका छन्।  

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्