काठमाडौं- एनसेलले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो! पावर सिम’ अफर घोषणा गरेको छ। युवालक्षित यो अफरमा ग्राहकले सुलभ दरमा विभिन्न सेवाहरू लिन सक्ने एनसेलले जनाएको छ।
पिआरबिटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १ सय रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डाटा बोनस पाउने सकिने यो सिमका विशेषता हुन्। यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन आकर्षक डेटा प्याकबाट फाइदा लिन सक्नेछन्।
ग्राहकहरूले ९९ रुपैयाँमा बिहीबार (चैत्र ६)बाट यो अफरसहितको सिम लिन सक्नेछन्। यो सिममा ग्राहकले २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५ सय एमबि डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १ सय वटा अन नेट एसएमएस पाउनेछन्। सिमसँगै बन्डल भई आउने पिआरबिटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुने जानकारी एनसेलले दिएको छ।
नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै सय रुपैयाँ वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन्। प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुने एनसेलले जानकारी दिएको छ।
माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ । यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक सय रुपैयाँको खर्चमा ५ सय एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डाटा १२ महिनासम्म प्राप्त गर्नेछन्।
‘सही यो ! पावर सिम’ प्रयोग गर्ने ग्राहकले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन्। ग्राहकले गेमिङ प्याक, म्युजिक प्याक समेत सुचारु गर्न सक्ने बताइएको छ। म्युजिक प्याकअन्तर्गत सात दिनका लागि २ जीबी डाटा प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।