काठमाडाैं- अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
चोरी आरोपित रुवेश महरालाई छुटाई दिन्छु भनेर २ लाख घुस लिने लामासहित सुरेन्द्र मण्डल, गगनदेव महरा, अशोक दास र रवीन्द्र प्रजाविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
काठमाडौंबाट खटिई गएको टोलीले काठमाडाैं महानगरपालिका २३ बसन्तपुरस्थित कुमारी मन्दिर परिसरमा सुरेन्द्र मण्डल, गगनदेव महरा र अशोक दास समेतलाई ८० असी हजार नगद घुस सहित पक्राउ गरेकाे थियाे। अनुसन्धानका क्रममा चोरी मुद्दामा हिरासतमा रहेका महरालाई छुटाउने प्रयोजनको लागि अशोक दाससहित उनीहरुले घुस लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।