काठमाडौं- मोबाइल ब्राण्ड ओप्पोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ-१५ सार्वजनिक गरेको छ। कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओप्पोको अनलाइन लञ्च इभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो।
यसको बजार मूल्य ३९ हजार ९ सय ९० रुपैयाँ रहेको छ। उक्त फोन चैत १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ। नयाँ फोनमा यूनिकर्ड ह्वाइट र लाइटनिङ ब्ल्याक गरी दुई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।