काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइई नरोक्न शिक्षामन्त्री पोखरेलको निर्देशन, विद्यालय तहका अन्य परीक्षा र भर्ना भने रोक्न अपील ।
२) प्रदेश दुईमा नेकपाले प्रस्ताव गरेको नाम जानकी र कांग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुरा अस्वीकृत, प्रस्तावित चार वटै नाममा बहुमत पुगेन् ।
३) प्रदेश ५ मा मास्कलगायत औषधि निःशुल्क वितरण गर्न उच्च अदालतको अन्तरिम आदेश, सर्वोच्च र जिल्ला अदालतमा ज्वरो नाप्न सुरु ।
४) पाकिस्तान सुपर लिग (पिएसएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताका प्लेअफ खेल स्थगित, एक विदेशी खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सेमिफाइनलका खेल रद्द ।
५) र, युरोपमा ६१ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण, परीक्षणका लागि ४३ वर्षीया महिलाले लिइन् कोरोनाको भ्याक्सिन, ६ हप्ता अनुसन्धान हुने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।