काठमाडौं- विगतका दिनमा लगातार घटिरहेको बजारमा सोमबार सामान्य सुधार देखिएको छ। सोमबार ३.३४ अंकले सुधार भएर १३१६.३९ अंकमा रोकिएको छ। बजारमा समान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। सोमबार १८० वटा कम्पनीको एक अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ।
दोस्रो बजारमा तीव्र उचारचढाव देखिएको छ। होटल, उत्पादन र म्युचुअल फण्डको सूचकमा सामान्य गिरावट देखिए पनि बाँकी सूचक सुधार भएका छन्।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ४० लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै एनआइसी एसियाको १२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो।
सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्थाको ९.८८ प्रतिशतले सुधार भएको छ। सबैभन्दा महंगो युनिलिभरको शेयर मूल्य १२६७ रुपैयाँले घटेको छ।
कम्पनीको शेयर मूल्य २० हजार २८९ रुपैयाँमा झरेको हो। कोरोनाको विश्वव्यापी प्रभावले अन्तर्राष्ट्रिय स्टक मार्केटमा पनि भारी गिरावट देखिदै आएको छ।
नेपालको अर्थतन्त्रमा पनि कोरोनाले प्रभाव पार्ने आँकलनसँगै नेपाल शेयर बजार तल झरिरहेको छ। नेप्सेले आइतबारदेखि कारोबार समय थप एक घण्टा थपेर ५ घण्टा पुर्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।