काठमाडौं–विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपालको पर्यटन उद्योग संकटमा परेको छ। पर्यटन क्षेत्रको विकासका लागि एक्सेलट्रिपले ‘राम्रो पोखरा घुमौं पोखरा’ डिजिटल अभियान सञ्चालन गर्ने भएको छ।
यस संक्रामक रोगका कारण पर्यटकीय गतिविधि ठप्प हुनुका साथै एक देशबाट अर्को देशसम्मको यात्रा असम्भव भएको भन्दै आन्तरिक पर्यटन प्रवद्धनका लागि यो अभियान सञ्चालनमा ल्याएको एक्सेलट्रिपले जनाएको छ।
नेपालको आन्तरिक पर्यटनलाई टेवा पुर्याउन नेपालको पहिलो अनलाइन ट्राभल इग्रेगेटर एक्सेलट्रिपले पोखरा केन्द्रित ’राम्रो पोखरा, घुमौं पोखरा’ विशेष अभियानको थालनी गरेको हो। यस अभियानको अवधिभर एक्सेलोटेल्स अर्थात् एक्सेलट्रिपका २७ पार्टनर होटलहरूले विशेष प्याकेज तथा प्रवर्धनात्मक अफर आफ्ना ग्राहक निम्ति प्रस्तुत गर्ने भएका छन। यो अभियानन मार्च १५ देखि अप्रिल १५ सम्म सञ्चालन हुनेछ।
यस अफरमा तीन रात बुक गर्दा एक रात निशुल्क’ र ’दुई रात बुक गर्दा, एक रात निःशुल्क’ जस्ता विशेष प्याकेज उपलब्ध गराइनेछ। केही होटलहरूले एक महिनाभर ५० प्रतिशतसम्मको छुटसमेत उपलब्ध गराएका छन्। यसैगरी ई–सेवा मार्फत् होटल बुक गर्ने ग्राहकहरूले ५सय रुपियाँको विशेष छुट कोड भौचरसमेत प्राप्त गर्न सक्ने एक्सेलट्रिपले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।