• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गरिमा बिर्सेर प्रदेश प्रमुखहरुको दौडधुप

64x64
नेपाल लाइभ आइतबार, चैत २, २०७६  १५:३५
1140x725

काठमाडौं- संघीय राजधानीमा सातै प्रदेशका प्रमुखहरूले दौडधुप सुरु गरेका छन्। सोमबार बिहानै सातै प्रदेश प्रमुखहरूले नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरे। अध्यक्ष निवास खुमलटारमा सातै प्रदेशका प्रमुखसँग भेट गरेका हुन्।

सत्ताधारी दलको अध्यक्षसँगको भेटवार्ताले भने विवाद निम्त्याएको छ।

यस विषयमा नेपाल लाइभले विभिन्न प्रदेशका प्रमुखहरूसँग जिज्ञासा राखेको थियो। गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले आफूहरूले प्रदेशका समस्या विषयमा सामूहिक रुपमा भेटघाट गरेको बताए। 

'हामीहरु पहिलोपटक सामूहिक रुपमा सातै प्रदेशका प्रदेश प्रमुखले एकमुष्ठ रूपमा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदेशका समस्या अधिकारका विषयमा आ-आफ्नो प्रदेशले भोगेका अनुभव बाँडेका छौं,' प्रदेश प्रमुख शेरचनले भने, 'आफूहरुले काम गर्दा भोगेका असहजता र कठिनाइबारे जानकारीका गराएका छौं। कोरोना भाइरसको जोखिम न्यूनीकरणका विषयमा समन्वय गर्ने विषयमा  पनि छलफल भएको छ।' 

उनले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट्न लागेको बताए। 'प्रधानमन्त्रीलाई पनि भेट्न लागेका छौं। प्रधानमन्त्रीले समय दिनु भएको छ। हामी अहिले सिंहदबारमा छौं।'

प्रदेश २ का प्रमुख तिलक परियारले भने कोरोना भाइरसको जोखिम न्यूनीकरणका विषयमा नै आफूहरूको भेटघाट केन्द्रित भएको बताए। 'विशेषगरी कोरोना भाइरसको जोखिम न्युनीकरणका विषयमा छलफल भएको छ,' परियारले भने, 'प्रदेशका साझा समस्याका विषयमा पनि अध्यक्षसँग छलफल भयो।'

पार्टी अध्यक्षहरुलाई भेट्नु कति उचित भन्ने विषयमा उनले टाइम सेड्युलअनुसार सबैलाई भेट्ने बताए। 'टाइम र सेड्युल अनुसार हामीले सबैलाई भेट्ने हो। सबैको समय मिलाउँदा अघिपछि जस्तो देखिएको हो। यसले खासै फरक पार्दैन,' परियारले भने। 

'प्रदेशले भोगेको चुनौतीका विषयमा तपाईं मिडियाकर्मीहरू जानकार नै हुनुहुन्छ। यस विषयमा तपाईहरूले जान्न के आवश्यक छ र,' उनको प्रतिप्रश्न थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

संविधानविद् पूर्णमान शाक्यले संघीय प्रणालीमा देखिएका जटिलताका विषयमा गाँठो फुकाउनु पर्ने भए प्रधानमन्त्रीलाई औपचारिक रूपमा भेटेर राख्नु पर्ने बताए। ‘प्रदेश प्रमुखहरूले पार्टी अध्यक्षसंग एउटा सामान्य भेटघाट गर्न सक्छन्। अनौपचारिक कुराकानी गर्न सक्छन्,’ संविधानविद् शाक्यले भने, ‘औपचारिक रुपमा प्रधानमन्त्रीलाई प्रदेश प्रमुखले प्रदेश सञ्चालनमा देखिएका राजनीतिक, आर्थिक, कानूनी जटिलता जानकारी गराउनुपर्छ।’

पार्टी अध्यक्ष प्रचण्डलाई प्रदेश प्रमुखले भेटेर राजनीतिक संवाद र प्रदेश संचालनका जटिलता राख्न नमिल्ने शाक्यको भनाइ छ।

यस्तै, प्रदेश प्रमुखहरूले अध्यक्ष प्रचण्डलाई भेटेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। प्रदेश प्रमुखहरूले प्रदेश प्रमुखले आफ्नो गरिमा बुझ्न नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘प्रदेश प्रमुख कुनै दल विशेषका होइनन्। सामूहिक भेटको औचित्य पुष्टि प्रचण्ड आफैंले गर्नु पर्छ,’ शर्माले भने।

संघीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भने प्रदेश प्रमुखहरूले राजनीतिक दलका अध्यक्ष मात्र रहेका प्रचण्डलाई भेट्नु उचित नभएको प्रतिक्रिया दिएका छन्।

Xtrem

Xtrem

'प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन्,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘ राज्यका प्रतिनिधि हुन्। उनीहरूले राज्यरसरकार प्रमुखलाई भेट्ने हो, पार्टी प्रमुखलाई भेट्ने हैन। कुनै एकको निजी भेटघाट हुनसक्छ, सातै जनाको एकैसाथ निजी भेट हुनसक्दैन। पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो होइन।’

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १५:३५
  • #prachanda
  • #pradeshpramukh
  • #amiksherchan

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
सम्बन्धित सामग्री
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्