काठमाडौं- अस्ट्रेलिया र न्युजिल्यान्डबीचको एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज स्थगित भएको छ।
तालिका अनुसार आइतबार घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डसँग सिड्नी क्रिकेट मैदानमा एकदिवसीय क्रिकेटको दोस्रो खेल खेल्नु पर्ने थियो। तर विश्वभर फैलिएको कोरोना भाइरसको कारण खेल हुन सकेन।
अस्ट्रेलिया र न्युजिल्यान्डबीचको एकदिवसीय सिरिजको बाँकी रहेको दुई खेल र टि–२० क्रिकेट सिरिज स्थगित भएको हो। पहिलो एकदिवसीय खेलमा भने अस्ट्रेलियाले न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको थियो। क्रिकेट अस्ट्रेलियाले एकदिवसीय र टि–२०सिरिजको तालिका न्युजिल्यान्ड क्रिकेटसँग सल्लाह गरेर पछि निकाल्ने बताएको छ।
एकदिवसीय क्रिकेट सिरिज सकेपछि मार्च २४ देखि तीन खेलको टि–२० क्रिकेट सिरिज सुरु हुने तालिका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।