काठमाडौंं- आगामी चैत २१ गते गर्ने भनिएको ‘एनसिसिएस–सिप्यान क्रिकेट अवार्ड’ कोरोना भाइरसको कारण सरेको छ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरसको कारण अनिश्चित कालको लागि अवार्ड सारिएको जानकारी दिएको हो। सिप्यानले कोरोना भाइरसबाट बच्न यसको विरुद्धमा विश्वव्यापी अभियानमा सबै एकजुट हुन अपिल गर्दै अवार्ड सारिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सिप्यानले विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्दै आएको छ। जसमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड छन्। वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसँगै समान एक लाख ३२ हजार रुपैयाँ पाउने छन्। त्यस्तै, अन्य तीन विधाका विजेताले जनही ६६ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
सिप्यानले अवार्ड कार्यक्रम अनुकूल परिस्थिति आउने वितिकै गर्ने गर्ने उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।