काठमाडौं- तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको छ।
शुक्रबार भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डमाथि सहज जित निकालेको हो। २५९ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४१ ओभरमा सबै विकेटको क्षतिमा १८७ रन मात्रै बनाउन सक्यो।
न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ४० र टोम लाथमले ३८, कोलिन डि ग्रान्डहोमले २५ र कप्तान केन विलियमसनले १९ रनको योदान दिए। बलिङतर्फ अस्ट्रेलियाका पट कुम्मिन्स र मिचेल मार्सले समान ३–३ विकेट लिए।
टस जितेर यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धातिर ५० ओभरमा सात विकेटको क्षतिमा २५८ रन बनाएको थियो। अस्ट्रेलियाका डेभिड वार्नरले ६७ र कप्तान आरोन फिन्चले ६० रन बनाए। बलिङतर्फ इस सोधीले तीन विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।