काठमाडौं- एनसेल प्रालिले कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ‘कल आयो, पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ संचालनमा ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनस प्राप्त गर्दछन्।
यो अफर बुधबारबाट लागू भएको ६ र ३ महिनासम्म जारी रहने कम्पनीले जनाएको छ। एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँको दरले बोनस पाउँछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् ।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन्।
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ। त्यसैगरी, ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुनसक्ने पनि कम्पनीले जनाएको छ।
बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्ने कम्पनीले उल्लेख गरेको छ। यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समयअनुसार बिजेताको छनोट गरिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।