काठमाडौं- एनआइसी एसिया बैंकले एनआइसी एसिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत एनआइसी एसिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउन्टरबाट नेपालभरी एक ठाउँबाट अर्को ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ।
उक्त योजनाअनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ।
यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउन्टर, ५६ वटा शाखारहित बैंकिङ इकाइ एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिमार्फत सरलरुपमा भुक्तानी पाउन सिकने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।