काठमाडौं- लतिलपुरका शसिन डङ्गोल र दिपेश शाक्य किङ्गकम क्लब बानेश्वरको आयोजनमा भएको दशौं खुल्ला बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०२० को विजेता भएका छन्।
प्रतियोगितामा योङ्गस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका विकास चन्द्र राई र यम रानाको जोडीलाई २१–१८, ११–२१, २१–१८ ले पराजित गर्दै उपाधी जितेका हुन्। विजेता र उपविजेता नगद ४० हजार र २५ हजार पुुरस्कार पाए।
तेस्रो स्थानमा लतिलपुरका योङ्गस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी रहे। शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे।
भेटान्स डबल तर्फको खेलमा एभरेष्ट ब्याडमिन्टन क्लबका डि.बि. लामा र नारायण श्रेष्ठले जिते। लामा र श्रेष्ठको जोडीले नगद २० हजार पुरस्कार पाए।
दोश्रो स्थामा पेप्सी क्लबा कृष्ण राम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार पाए। तेश्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजार पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।