काठमाडौं- विश्व सेयर बजारमा पहिरो लागेको छ। विश्वका विभिन्न देशहरुको परिसूचक घटेको हो। एसियाली सेयर बजारमा पनि ठूलै गिरावट आएको छ। जापानको परिसूचक निक्की सोमबार मात्र २ सय २५ अंक अर्थात् ५ प्रतिशतले घटेको हो।
त्यस्तै सोमबार नै अस्ट्रेलियाली सेयर बजार परिसूचक एएसएक्स २ सय अंकले अर्थात ७.३ प्रतिशतले घटेको हो। यो दैनिक गिरावट २००८ यताकै धेरै हो।
विश्वभर कच्चा तेलको मूल्यमा आएको गिरावट र कोरोना भाइरसको संक्रमणका कारण सेयर बजार घट्नुको मुख्य कारण मानिएको छ। रुसले एकै दिन कच्चा तेलको मूल्य ३० प्रतिशतसम्मले घटाएको बिबिसीले लेखेको छ।
बेलायती सेयर बजार ८.३ प्रतिशत, फ्रान्सको ७.५, जर्मनीको ७.२, नेदरल्यान्डको ७ र स्पेनको ६.३ प्रतिशतले सेयर बजार गिरावट आएको द स्पेक्टेटर इन्डेक्सले उल्लेख गरेको छ।त्यस्तै चीनको सांघाइ कम्पोसाइटमा पनि २ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।