काठमाडौं- अजितकुमार यादव र राजपुरा पछाईं दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको खुलातर्फ पहिलो भएका छन्। तेस्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन्।
अजितले निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे। प्रकाशसिंह ऐरी (१६ मिनेट ५४.०७ सेकेन्ड) दोश्रो तथा सन्तोषनाथ योगी (१७ मिनेट १२.०९ सेकेन्ड) तेश्रो भए।
राजपुराले निर्धारित ५ किलोमिटर दूरी तय गर्न १८ मिनेट २३.८९ सेकेन्ड समय लगाइन्। सकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोश्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४० सेकेन्ड) तेश्रो भए। दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोस्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार पाए।
स्कुलतर्फ छात्रमा नारायणकुमार कुश्वा पहिलो, ईश्वर बस्नेत दोश्रो तथा अजय तामाङ तेस्रो भए। उक्त स्पर्धाको छात्रामा स्वस्तिका बोहरा, सुनिता श्रेष्ठ र अन्जु खड्काले क्रमशः शीर्ष तीन स्थानमा दौड पूरा गरे। छात्र छात्रा दुवैमा शीर्ष तीन स्थामा आउनेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए।
पुरुष भेट्रानमा धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोश्रो र राजु भण्डारी तेश्रो बने। शीर्ष तीन स्थानमा रहनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बाँकी तीन स्पर्धाको दूरी पनि ५ किलोमिटर रहेको थियो।
यस्तै कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।