काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडविरुद्ध गोल गरेसँगै युरोपियन क्लब प्रतिस्पर्धामा सर्वाधिक गोलको कीर्तिमान लियोनल मेस्सीले बनाएका छन्। उनले अहिले इटालियन क्लब युभेन्टेसमा रहेका क्रिष्टियानो रोनाल्डोको कीर्तिमान तोडेका हुन्।
युरोपियन क्लब प्रतिस्पर्धामा मेस्सीले अहिलेसम्म ४ सय ७४ खेलमा ४ सय ३८ गोल गरेका छन्। रोनाल्डोले ५ सय ४० खेलमा ४ सय ३७ गोल गरेका छन्।
खेल जिते पनि सोसिडाडविरुद्ध पेनाल्टीमार्फत एक गोल गरेको बार्सिलोना घरेलु मैदानमा नै संघर्ष गर्नुपरेको थियो। खेलको ८१औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीको गोलले राहत दिए पनि बार्सिलोनामा तालमेल मिल्न नसकेको खेल विश्लेषक बताउँछन्।
जितसँगै बार्सिलोना २७ खेलमा ५८ अंकसहित तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको रियल मड्रिडको ५६ अंक छ। रियल मड्रिडले आइतबार राति पौने २ बजे रियल बेटिसविरुद्ध खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।