कास्की- नापी कार्यालय कास्कीले नापी पोखरा (एसओकेपी) नामको मोबाइल एप्लिकेसन लन्च गरेको छ। कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन्।
नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार्न, प्लट रजिष्टर उतार्न, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरणको सुविधा उक्त एपपमार्फत लिन सकिनेछ।
नेपालको जग्गा प्रशासनको क्षेत्रमा यसप्रकारको मोबाइल एप, पहिलो पटक कास्कीबाट सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।