मुम्बई- भारतीय नायिका प्रियङ्का चोपडा आफ्ना पति निक जोनससँग अहिले मुम्बईमा छिन्। शुक्रबार इशा अम्बानीद्वारा आयोजित एक होली विशेष कार्यक्रममा यो जोडी सहभागी भएको थियो।
जुन कार्यक्रमको आयोजना मुम्बईको पिरामल हाउसमा भएको थियो। यसै अवसरमा निक जोनसले पहिलो पटक होलीको उत्सव मनाएका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा होलीका केही तस्वीर सार्वजनिक गरेका छन्।
जसमा उनी आफ्नी पत्नी प्रियङ्का चोपडा र कटरिना कैफसँग देखिएका छन्। उनले इन्स्टाग्राममा होलीको तस्वीर पोस्ट गर्दै भने‚ ‘असल मानिसहरूसँग मेरो जिवनको पहिलो होली खेल्न पाउँदा रमाइलो लाग्यो।’
इसा अम्बानीद्वारा आयोजित उक्त समारोहमा विभिन्न बलिउडका कलाकारहरू पनि देखिएका थिए।
-एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।