काठमाडौं- एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको नेपाल र सिंगापुरबीचको खेल स्थगित भएको छ। राति भारी वर्षा भएपछि मैदान हिलो हुँदा नेपाल र सिंगापुरबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुबै टिमले समान १–१ अंक पाए।
चार खेलबाट दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा पानी परेपछि अंक बाँडेको नेपालले तीन अंक बनाएर प्रतियाेगिता सकायो। एसिया कप छनोटमा पुग्ने लक्ष्य लिएर गएको नेपाल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो। थाल्यान्डलाई ९ विकेटले पराजित गरेपनि हङकङ सिंगापुरसँग पराजित भएसँगै एसिया कप छनोटमा पुग्ने नेपालको झिनो आश सकिएको थियो।
सिंगापुर भने एसिया कप छनोटमा पुगि सकेको छ। सिंगापुरको चार खेलबाट ७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।