काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसिटी) गोलरहित बराबरीमा रोकिएको छ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसिटीले श्री भगवती क्लबसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको आरसिटीले दोस्रो हाफमा पनि बराबरी खेल्न पुगेको हो।
यसअघि भएको खेलमा भने आरसिटीले खुमलटार युथ क्लबसँग ३–० गोलको हार ब्यहोरेको थियो। त्यस्तै, आफ्नो पहिलो खेलमा भने आरसिटीले झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।
बि डिभिजन लिगको च्याम्पियन बन्दै ए डिभिजनमा उक्लिने लक्ष्य राखेको आरसिटीले तीन खेल सकिदासम्म जित हात पार्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।