काठमाडौं- पाहुना टोली भारतविरुद्धको दुई खेलको टेष्ट क्रिकेट सिरिज न्युजिल्यान्डले क्लिन स्विप गरेको छ।
सोमबार विहान सम्पन्न दोस्रो टेष्ट खेलमा भारतलाई सात विकेटले पराजित गर्दै न्युजिल्यान्डले क्लिन स्विप गरेको हो। यसअघि भएको पहिलो टेष्ट क्रिकेट खेलमा भारतलाई न्युजिल्यान्डले १० विकेटले पराजित गरेको थियो।
१३२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ३६ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो। न्युजिल्यान्डका लागि टोम ब्लन्डलले ५५ र टोम लाथमले ५४ रन बनाए। बलिङतर्फ भारतका जसप्रित बुमराहले २ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४२ रन बनाउँदा सबै विकेट गुमाएको थियो। हनुमा विहारीले ५५, पृथ्वी शाव र चेतेश्वर पुजराले समान ५४–५४ रन बनाए। बलिङतर्फ किल ज्यामिएसनले ५ विकेट लिए।
त्यसपछि न्युजिल्यान्डले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा २३५ रन बनाएको थियो। पहिलो पारीमा पनि टोम लाथमले ५२ रनको योगदान दिएका थिए। बलिङतर्फ भारतका मोहम्मद सामीले ४ विकेट लिए।
दोस्रो पारीमा झनै खराब प्रदर्शन गर्दै १२४ रनमा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले १३२ रनको सामान्य चुनौती पाएको थियो। भारतका चेतेश्वर पुजराले २४ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्। बलिङतर्फ ट्रेन्ट बोल्टले ४ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।