काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने र शान्ति मिसनमा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीको दशरथचन्दन नगरपालिका–१ घर भई नख्खु बस्ने रमेश बडू छन्।
बडूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको हो।
ठगी मुद्दामा २ महिना ४ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएका बडूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
बडूले भीमबहादुर भण्डारी नाम गरेका नेपाली सेनाका एक सिपाहीलाई रक्षा सचिवसँग आफ्नो राम्रो सम्बन्ध रहेको र मिसनमा पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए।
त्यस्तै अन्य दुई जना व्यक्तिलाई समेत राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भन्दै २४ ठगी गरेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।