काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति पक्राउ परेका छन्।
प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति जुम्ला स्थायी ठेगाना भएका रत्न तिरुवा रहेको जानकारी प्रहरीले दिएको छ। २२ वर्षीय उनी लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेको समेत बताइएको छ।
राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो।
प्रचण्डमाथि जुत्ता प्रहार गर्ने प्रयास गरेपनि उनको प्रयास भने सफल भएको थिएन।
उनले प्रहार गरेको जुत्ता मञ्चमा पुग्न नपाउँदै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको तर उनको प्रयास सफल नभएको नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।