काठमाडौं- महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार तेस्रो जित हात पारेको छ।
बिहीबार भएको समूह ‘ए’ को खेलमा भारतले न्युजिल्यान्डमाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो। १३४ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाउन सक्यो।
न्युजिल्यान्डका लागि अमेलिया केरले अविजित ३४ रन बनाएपनि टिमलाई जित दिलाउन सकिनन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन बनाएको थियो। भारतका लागि शफाली वर्माले ४६ र तानिया भाटियाले २३ रनको योगदान दिए।
भारतको लगातार यो तेस्रो जित हो। समूह चरणको अन्तिम खेल खेल्न बाँकी रहेको भारत सेमिफाइनल नजिक छ। यसअघि भारतले आयोजक अष्ट्रेलियालाई १७ र बंगलादेशलाई १८ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।