काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएटस र पोखरा राइनोजबीच खेल हुने भएको छ।
बिहीबार आयोजकले खेल तालिका सार्वजनिक गर्दा उद्घाटन खेलमा ललितपुर र पोखराबीच प्रतिस्पर्धा हुने भएको हो। उद्घाटन खेल चैत १ गते त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
पोखरा टिममा वेष्ट इन्डिजका क्रिस गेल, वेष्ट इन्डिजकै केस्रिक विलियम्स र स्कटल्यान्डका जर्ज मुन्से छन्। यता, ललितपुरले भने श्रीलंकाका उपुल थारंगा, पाकिस्तानका हम्माद आजम, हसन खान र मिर हाज्मालाई भित्र्याएको छ।
विश्वका चर्चित खेलाडीको सहभागिता रहने इपिएलको उद्घाटन खेल नै रोमाञ्चक हुने भएको छ।
चैत २ गते भने दुई खेल हुने छन्। पहिलो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किंग्स इलाभेनसँग खेल्ने छन्।
चैत १५ गते इपिएलको फाइनल खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।