• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जब आधा रातमा न्यायाधीशको घरमै इजलाश सुरु भयो...

64x64
नेपाल लाइभ बिहीबार, फागुन १५, २०७६  १०:००
1140x725

एजेन्सी– अबेर रातिसम्म अदालत सञ्चालन हुनु नयाँ होइन। तर न्यायाधीशकै घरमै मुद्दाको बहस सुरु भई आदेशे हुनुचाहिँ पक्कै अनौठो हो। भारत नयाँदिल्लीको उच्च  न्यायालयमा यस्तै घटना भएको छ। 

यो घटना मंगलबारको हो। दिल्लीमा भड्किएको हिंसा र पीडितहरुका लागि न्यायाधीशले आफ्नै घरमा इजलाश खडा गरेर सुनुवाइ गरेका छन्। दिल्ली उच्च न्यायालयका न्यायाधीश एस मुरलीधरको घरमै मुद्दाको सुनुवाइ भएको हो। सुनुवाइमा न्यायाधीश अनुप भन्भानी पनि सहभागी थिए। 

मानव अधिकारका क्षेत्रमा वकालत गर्दै आएका अधिवक्ता सुरुर मन्दरले दायर गरेको एक रिटमा उनीहरुले मध्यरात साढे १२ बजेसम्म सुनुवाइ गरेका थिए। सुरुरले हिंसाका घाइतेहरुको उपचार सुनिश्चित हुनुपर्ने माग रिटमा गरेका थिए। मुस्तफावादस्थित अल हिन्द अस्पतालका घाइतेहरुलाई जीटीबी अस्पताल र अन्य सरकारी अस्पतालमा लैजानु पर्ने माग निवेदनमा गरिएको थियो। उनीहरुको उपचार अत्यन्त जरुरी भएकाले यो कार्य तत्काल हुनुपर्ने माग निवेदनमा गरिएको थियो। 

रात १ वजे अदालतले दिल्ली प्रहरीका नाममा उनीहरुको सुरक्षित रुपमा उपचारको व्यवस्था गराउन आदेश गरेको थियो। अदालतले घाइतेहरुलाई दोस्रो अस्पतालमा लैजानका लागि उचित सुरक्षा व्यवस्था गर्नसमेत भन्यो। 

यसपछि दिल्ली हिंसाका विषयमा बुधबार दिउँसो उच्च .न्यायालयले न्यायाधीशहरु मुरलीधर र लतबन्द सिंहको इजलाशले दोस्रो रिटमा सुनुवाइ गर्‍यो। यो रिट सामाजिक कार्यकर्ता हर्ष मन्दरले दर्ता गराएका थिए।  उनले भड्काउ भाषण दिने भारतीय जनता पार्टीका नेता कपिल मिश्रमाथि तत्काल प्रहरीले कारबाही गर्नुपर्ने माग गरिएको थियो।  उक्त निवेदनको सुनुवाईपछि दिल्ली उच्च न्यायालयले हिंसा भड्काउने भाषण गर्ने मिश्र र अन्य नेताविद्ध तत्काल कारबाही थाल्न दिल्ली प्रहरीका नाममा आदेश गरेको छ।

 अदालतले विशेष कमिस्नरलाई दिल्ली प्रहरीको काम गर्ने तरिकाबाट अदालत निराश रहेकोसमेत बतायो। उच्च न्यायालयले तीन जना बिजेपी नेताहरु अनुराग ठाकुर, प्रवेश बर्मा र कपिल मिश्रमाथि मुद्दा चलाउनुपर्ने टिप्पणी समेत गर्‍यो। अदालतले उनीहरुको भड्काउजनक भिडियोको आधारमा मात्रै पनि जाहेरी दर्ता गर्न दिल्ली प्रहरीलाई आदेश गरेको छ। अदालतले बिहीबार नै यो प्रकरणमा भएको प्रगति विवरण पेश गर्नसमेत भनेको छ। अदालतले दिल्ली हिंसा १९८४ को झै होस् भन्ने अदालतले नचाहेकोसमेत जनाएको छ।

को हुन् न्यायाधीश मुरलीधर?

उनी भारतका चर्चित न्यायाधीश हुन्। उनको सरुवालाई लिएर कानुन व्यवसायीहरुले २० फेव्रुअरीमा विरोध प्रदर्शनसमेत गरेका थिए। उनी दिल्ली उच्च न्यायालयबाट पञ्जाव वा हरियाणा सरुवा हुँदै थिए। उनको यो सरुवालाई लिएर हाइकोर्ट बार एशोसियनसले एक प्रस्ताव नै पारित गरेर विरोध जनाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च अदालतले गरेको यो निर्णय गलत भएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका थिए। न्यायाधीश एस मुरलीधर वरिष्ठ न्यायाधीश हुन् उनलाई जुन रुपमा सरुवा गरिँदै छ त्यो गलत भएको उनीहरुको तर्क थियो। दिल्ली हाईकोर्टमा रहेका न्यायाधीशमध्ये उनी वरिष्ठको तेस्रो नम्वरमा छन्। 

कानुन व्यवसायीहरुले उनीजत्तिको वरिष्ठ न्यायाधीशलाई मुख्य न्यायाधीशको रुपमा मात्र सरुवा गर्नुपर्ने  बताएका थिए। सर्वोच्च अदालत नियुक्ति र सरुवा गर्ने निकायले १२ फेब्रुअरी २०२० मा एक बैठकपछि तीन न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामनाथ कोविन्द र प्रधानन्यायाधीश शरद बोबडेले सोचविचार गरेर उनको सरुवा गर्ने निर्णय गरेको बताएका थिए। २०१८ देखि नै उनको सरुवाको तयारी सर्वोच्चले गर्दै आएको थियो। मुरलीधर सेप्टेम्बर १९८४ मा चेन्नईमा एक वकिलको रुपमा कानुन क्षेत्रमा प्रवेश गरेका थिए। १९८७ मा उनले सर्वोच्च र दिल्ली उच्च न्यायालयमा वकालत गर्न थालेका थिए। उनी दुई पटक सर्वोच्च अदालतको कानुनी सेवा कमिटिको सदस्य भएका थिए। 

उनी गरिबका वकिल मानिन्छन्। उनले धेरै गरिबहरुको मुद्दा निःशुल्क लडेका थिए। भोपाल ग्याँस त्रासदी र नर्मदा बाँध पीडितहरुको मुद्दा अहिले पनि चर्चामा छ। कैंयौ सार्वजनिक सरोकारको मुद्दामा सर्वोच्चले उनलाई एमिकस क्युरी (अदालती सहयोगी) को रुपमा नियुक्त गरेको थियो। उनी राष्ट्रिय मानव अधिकार आयोग र भारतीय निर्वाचन आयोगमा पनि सल्लाहाकारको रुपमा रहेका थिए। 

२००६ मा उनी दिल्ली उच्च न्यायालयको न्यायाधीशको रुपमा नियुक्त भएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुरलीधरका चर्चित फैसला 

मुरलीधर बकिलको रुपमा जति चर्चित थिए न्यायाधीशको रुपमा पनि उत्तिकै चर्चित रहे। १९८४ मा भएको सिख दंगामा सहभागी सज्जनकुमार प्रकरणमा सजाय सुनाउने न्यायाधीशमध्ये एक हुन् मुरलीधर। २००९ मा समलैंगिकता अपराध होइन भनी फैसला गर्ने न्यायाधीशमध्ये मुरलीधर पनि एक हुन्।  नाज फाउन्डेसनले दायर गरेको रिटमा फैसलापछि भारतमा समलिङ्गी हुनु अपराध होइन भन्ने नजिर बनेको थियो। २०१८मा उनले धेरै चर्चित फैसलाहरु सुनाएका थिए। 

गौतम नवलखासमेत कयौ अभियन्ताहरुलाई माओवादीसँग सम्वन्ध भएको आधार देखाएरै थुनामा राख्न नमिल्ने जिकीर गरेर रिहा गरिदिएका थिए।  १९८७ मा भएको हामिपुरा नरसंहारमा  पनि मुरलीधरले फैसला सुनाएका थिए। उनीसहितको इजलाशले १६ जना प्रहरीहरुलाई हत्या, अपहरण र प्रमाण मेट्ने अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएका थिए।

दिल्लीमा सत्ताधारी भाजपाका नेताहरुको भड्काउ भाषणका कारण हिन्दु र मुसलमाबीचको दंगामा हालसम्म २७ जनाले ज्यान गुमाइसकेका छन्। कयौं घाइतेहरु अस्पतालमा छन्। मुसलमानहरुको बस्ती र पसलहरुमा आगजनी भएको छ। दिल्ली प्रहरीले अब उच्च अदालतको आदेशअनुसार सत्ताधारी दलका नेताहरुमाथि मुद्दा चलाउछ कि चलाउँदैन अदालतले त्यसमा विचार गर्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहर... आइतबार, कात्तिक १, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपतीय दरबार अल-माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको... शुक्रबार, असोज ३०, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्