एजेन्सी– पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जाफर मिर्जाले बुधबार साँझ ट्वीट गर्दै पहिलोपटक २ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन्।
उनले दुवै जनालाई स्वास्थ्य निगरानीमा राखिएको र उनीहरुको स्थिति स्थिर रहेको जनाएका छन्। ‘त्रसित हुनुपर्ने अवस्था छैन, अवस्था नियन्त्रणमा छ,’ उनले भनेका छन्। संक्रमितमध्ये एकजना सिन्ध प्रान्तका र अर्का संघीय क्षेत्रका रहेको जनाएका छन्।
२ साताअघि इरानको भ्रमणबाट फर्केका व्यक्तिहरु कोरोना संक्रमित भएका हुन्।
पाकिस्तानले इरानसँगको सीमा बन्द गरेको छ। इरानमा कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।