काठमाडौं- देशका पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ।
आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका साथै पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।