काठमाडौं- नेपाली कांग्रेसले चितवन जिल्लाको माडी नगरपालिकामा ४ दिनदेखि जारी आमरण अनसन तथा स्थानीयबासीको मागबारे आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।
आफ्ना मागहरुको बेवास्ता गरेकाले माडी-१ का वडाध्यक्षलगायतले गत फागुन ७ गतेदेखि आमरण अनसन सुरु गरेका थिए।
शनिबार प्रेस विज्ञप्तिमार्फत कांग्रेसले वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने‚ माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्नुपर्ने‚ प्राकृतिक स्रोत र साधनमा पूर्ण रुपमा स्थानीयको अधिकार हुनुपर्नेलगायतका मागप्रति ऐक्यबद्धता जनाउँदै तुरुन्त सम्बोधन हुनुपर्नेमा सम्बन्धित निकायलाई अपिल गरेको छ।
कांग्रेले वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न समेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।