काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय‚ बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्टलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ।
बुधबार आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई घुसबापत लिइएको १ लाख र स्रोत नखुलेको १ लाख गरी जम्मा २ लाख रूपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
चमेलिया तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।