काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) विरोधको नयाँ शैली अपनाउँदै ललितपुर मंगलबजारका स्थानीय, धुलो धुवाँबाट मूर्ति जोगाउन प्लास्टिकको कभर, सडक नबने खाल्डो खनेरै सवारी साधन आवागमन बन्द गरिने ।
२) चीनको वुहानबाट उद्दार गरेर खरिपाटी क्वारेन्टाइनमा राखिएका सबै स्वस्थ, कसैलाई पनि कोरोना नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी ।
३) बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गरेको राष्ट्रिय योजना आयोगको भनाइ, योजना बनाउँदा पनि मन्त्री र सचिवलाई थाहै नदिई तल्लो तहबाट आयोगमा पठाउने गरेको खुलासा ।
४) सहिद स्मारक बि डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक, चैत तेस्रो सातासम्म चल्ने लिगको उदघाटन खेलमा ब्वाइज युनियनले कुमारी क्लबसँग प्रतिस्पर्धा गर्ने ।
५) र, दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाकलाई १७ वर्षको जेल सजाय, कोरियाको अटोमोवाइल सामसुङ कम्पनीको भ्रष्टाचार मुद्धामा दोषी ठहर।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।