काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) पूर्व सभामुख महराले सफाइ पाएको सभामुखद्वारा सदनलाई जानकारी, संसद जान बाटो खुला, ललिता निवास प्रकरणमा नेकपा महासचिव पौडेलका छोरालाई मुद्दा नचलाएकोप्रति गगन थापाको आक्रोश ।
२) मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा नष्ट हुने अवस्थामा अलपत्र उपकरण, राज्यको करोडौं रुपैयाँ नोक्सानी, संसदीय समितिले अनुसन्धान थाल्दैं ।
३) ट्रेड युनियन खारेज नगर्न नेपाल निजामती कर्मचारी संगठनद्वारा सरकारलाई चेतावनी, ट्रेड युनियन खारेजीको ऐन ल्याइए आन्दोलन गर्न तयारी समिति गठन ।
४) ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई एसियन फुटबल महासंघको बधाई, एएफसी क्लब प्रतियोगितामा स्वागत, अब क्लब लाइसेन्स अनिवार्य ।
५) र, भारतमा निर्भया बलात्कार र हत्या प्रकरणमा चारजना दोषीविरुद्ध तेस्रो पटक अदालतले जारी ग¥यो फाँसीको समय, ३ मार्च बिहान ५ बजे फाँसी दिइने ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।