काठमाडौं- गायक नवराज घोरासैनी र आँसु मगरको स्वर रहेको लोक दोहोरी गीत ‘झम्के साँझै’ बजारमा आएको छ।
डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको बोलको गीतमा लय/शब्द माधवबहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ।
कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा‚ लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन्।
क्यामेरा अजय रेग्मीले लिएका छन् भने दिपक विष्टले सम्पादन गरेका छन्।
केही समयअगाडि गायक घोरासैनीको मिर्मिर कपालैमा नामको गीत बजारमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।