काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) शनिबार वुहानबाट नेपालीको उद्धार गर्न पाकिस्तानी पाइलटको कमान्डमा नेपाल एयरलाइन्स चीन जाँदै, क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली सहभागी हुने ।
२) मेलम्चीको पानी असारभित्र काठमाडौं आउने खानेपानी मन्त्रालयको भनाइ, ९५ दशमलव १२ प्रतिशत काम सकिएको दाबी, आयोजनाको कुल लागत ३१ अर्ब ३६ करोड रुपैयाँ पुग्ने अनुमान
३) नेपाली सेनाभित्र हुने भ्रष्टाचारको छानबिन गर्न पाउनुपर्ने संसदीय समितिको माग, बहालवाला सेनालाई पनि अख्यितारको दायरामा ल्याउन समितिमा सांसदको उजुरी ।
४) ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपिएफले १२औं स्थानमा लिग टुंग्यायो, पुलिसद्वारा अन्तिम खेलमा फ्रेन्ड्स ३–० ले पराजित, जुमानुले गरे ह्याट्रिक ।
५) र, कोरोना भाइरसबाट चीनमा एकै दिन २ सय ४२ जनाको मृत्यु, अहिलेसम्म १ हजार ३ सय ५० ले ज्यान गुमाए, संक्रमितको संख्या ६० हजार नाघ्यो ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।