नेपालगञ्ज- बाँकेका अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ।
९२ वर्षीय गुप्ताको उपचारका क्रममा नेपालगञ्जमा बुधबार साँझ निधन भएको हो।
बुधबार साँझ बमिट गरेपछि उनलाई अस्पताल लगिएको थियो।
तर स्थानीय अस्पताल पुर्याएको केही क्षणमा नै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।
नेपालगञ्जमा पत्रकारिता छुट्टै पहिचान बनाएका सेनानी गुप्ता किरण साप्ताहिकका सम्पादक थिए।
पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले करिब दशकअघि प्रेस स्वतन्त्रता सेनानीको उपाधि दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।