काठमाडौं– सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ।
पक्षका कानुन व्यवसायी धेरै भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रहेकाे थियाे। उक्त मुद्दाकाे मंगलबार पुन पेशीमा राखिएको छ।
सापकोटाले सभामुखको पदभार सम्हालेपछि सुरु भएको सुनुवाइमा उनलाई सभामुखको रुपमा काम गर्न रोक लगाउन माग गरिएको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा उक्त मुद्दा सुनुवाइ भइरहेको छ।
पक्षका तर्फबाट निवेदक दिनेश त्रिपाठी, सुनीलकुमार पोखरेल, ओमप्रकाश अर्याल, राजु चापागाई, बाबुराम गिरी, विकास भट्टराई र अनन्त लुइँटेललगायतले बहस गरेका थिए। पक्षका तर्फबाट केही कानुन व्यवसायी बाँकी रहेकाले हेर्दाहेर्दै राखिएको सर्वोच्चले जनाएको छ।
काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाएको भन्दै बरिष्ठ अधिवक्ता त्रिपाठीले गत शुक्रबार सर्वोच्चमा रिट हालेका थिए। आइबार हेर्न नमिल्ने न्यायाधीशको इजलाशमा पेशी परेपछि सोमबारका लागि सुनुवाइ सरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।