काठमाडौंं– चीनको वुहान सहरमा रहेका नेपालीहरुलाई कोरोना भाइरसको जोखिमबाट बचाउन तत्काल उद्धारका लागि सरकारसँग कांग्रेसले अनुरोध गरेको छ।
वुहान विश्वविद्यालयसहितका शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी उच्च जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्दार गर्न कांग्रेस संसदीय दलले आग्रह गरेको छ।
नेपालीको सुरक्षाका लागि नेपाल सरकारलाई गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न आग्रह गरिएको छ।
कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।