काठमाडौं– एक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) लामो समयसम्म पनि नेपाल नफर्केपछि उतै बसेको आशंका गरिएको छ।
कात्तिकको पहिलो साता अमेरिका पुगेकी दर्शना गत पुससम्म आफ्ना मेयरसँग टेलिफोन सम्पर्कमा रहे पनि त्यसयता उनले कसैसँग पनि सम्पर्क नगरेको बताइएको छ। ‘अहिले त उहाँको फेसबुक पनि डिएक्टिभ भइसकेछ’, तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले भने, ‘पुससम्म त उहाँले म्यासेन्जरमा कल गर्नुभएको थियो तर अहिले केही पत्तो छैन।’
मेयर शाहीसँगको कुराकानीमा उपमेयर दर्शनाले आफू बिरामी भएकाले पनि नेपाल फर्कन ढिला भएको बताएकी थिइन्। तर उनले आफूलाई के कस्तो रोग लाग्यो भन्ने नखुलाएको मेयर शाहीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।