एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगमाथि संसदको माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएकाे छ।
सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याककाेनेल प्रमुख गवाही वा कागजात रोक्न चाहन्छन्, तर डेमोक्र्याट भन्छन् यो ढाकछाेप गर्ने काम मात्रै हाे। डेमाेक्र्याट महाभियोग सम्बन्धी नियममा परिवर्तन चाहन्छन्।
राष्ट्रपति ट्रम्पमाथि युक्रेन प्रकरणमा आफ्नाे शक्तिको दुरुपयोग गरेको र कंग्रेसलाई आचरण अनुसन्धान गर्नबाट रोकेकाे आरोप लगाइएको छ। राष्ट्रपति ट्रम्पले यी आरोपहरूको खण्डन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।