रुपन्देही- कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
रुपन्देही जिल्ला मर्चवारी गाउँपालिका-६ ठर्कीका रामभवन बेलवार पक्राउ परेका हुन्। 
रुपन्देही प्रहरीले उनलाई शनिबार नेपाल भारत सीमा क्षेत्र दुईमुहानघाटबाट पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए। 
२०६४ माघ ८ गते रामभवन र उनका बुबाले बोल्न नसक्ने आफ्नै छोरी (रामभवनकी बहिनी) रेखा बेलदारलाई कोदालोले हानी ज्यान लिएको आरोप लागेको छ।
मृतक रेखाको शव नेपाल भारत सीमामा पर्ने डन्डा नदीको किनारमा भेटिएको थियो। 
रुपन्देही जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।