• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुख चयनमा संक्रमणकालको झझल्को

64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  १३:५४
1140x725

काठमाडौं- संघीय संसद्को हिँउदे अधिवेशन सुरु भएको ठ्याक्कै २६ दिन पुग्यो। ४ पुसमा हिँउदे अधिवेशन सुरु भएयता माथिल्लो सदन राष्ट्रिय सभाका धेरै बैठक बसिसके। 

दक्षिणी छिमेकी भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समेटिएको विरोधमा संकल्प प्रस्तावसमेत राष्ट्रिय सभाले पास गरिसक्यो। 

तर, तल्लो सदन प्रतिनिधिसभा भने अहिले ‘दिशाहीन’ हुन पुगेको छ, सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्षका कारण। 

तत्कालीन सभामुुख कृष्णबहादुर महरालाई संघीय संसदकै एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोग लागेपछि उनी पदमुक्त भए। नेकपाभित्रको शक्ति संघर्षबीच नयाँ सभामुखका लागि उम्मदेवार छनौंट हुन नसकेपछि ‘राजनीतिक गतिरोध’ देखा परेको छ। 

नेकपाभित्रको शक्ति समीकरणमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पूर्व सभामुुख सुवास नेम्वाङ ल्याउने चाहना, पहिलेको सहमतिअनुसार सभामुख पूर्वमाओवादी खेमाबाटै हुनुपर्ने अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अडान र मेसो मिले आफैं सभामुख बन्ने उपसभामुख शिवमाया तुम्बाहाङ्फेको चाहनाले एक महिनादेखि संसद ‘दिशाहीन’ बन्न पुगेको हो। 

यहीकारण ११ र १६ र २७ पुसमा बोलाइएका प्रतिनिधिसभाको बैठक पनि सूचना टाँस गरी स्थगित हुन पुगेका छन्। सुविधाजनक बहुमत पाएको पार्टी सरकारमा भएका बेला पनि साभामुख चुन्न देखिएको सकसले संक्रमणकालकै झझल्को दिइरहेको छ। संक्रमणका बेला एउटा सानो निर्णय लिन पनि दर्जनौं पटक दलहरु बैठक बस्थे र अन्तिममा मिडियासामु उभिएर नेताहरू सुनाउथे– यसपालि पनि सहमतिमा पुग्न सकिएन। 

अहिले सतहमा उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन नमानेका कारण गतिरोध  उत्पन्न भएको ‘प्रोजेक्सन’ गर्न खोजिए पनि यसको अन्तर्य अर्कै छ। 

नेम्वाङ दोहोर्‍याइछाड्ने ओली मोह

Ncell 2
Ncell 2
nimb
nimb

ओली–प्रचण्डबीचको सत्ता बाँडफाटमा राष्ट्रपति तत्कालीन एमाले र सभामुख माओवादी पक्षले लिने सहमतिअनुसारै महरा सभामुख बनेका थिए। 

महराको बर्हिगमनपछि ओली पूर्वसहमतिबाट ‘यूर्टन’ भएर आफ्ना प्रिय सुवास नेम्वाङलाई सभामुखमा दोहोर्‍याउने मोहमा छन्। 

एक पूर्व माओवादी नेताका अनुसार ओलीको नेम्वाङप्रतिको मोह यति हदसम्मको छ कि सभामुख चयनको विषयलाई लिएर प्रचण्डसँग भएका प्रत्येक बैठकमा नेम्वाङको ‘गुण’को चर्चा गरिरहन्छन्। 

नेम्वाङ मृदुभाषी भएको, कानुनको जानकार रहेको र यसअघि पटक–पटक सभामुख भैसकेकाले संसदलाई राम्रोसँग हाँक्न सक्छन् भन्दै उनी प्रचण्डलाई ‘कन्भिन्स’ गर्न खोजिरहन्छन्। 

Xtrem

Xtrem

आफ्ना विश्वासपात्र रहेकै कारण ओलीले नेम्वाङलाई नेकपा संसदीय दलको उपनेताको जिम्मेवारी दिएका हुन्। 

सभामुखबारे ओलीलाई दबाब दिन प्रचण्डको अगुवाइमा बामदेव गौतम निवास भैंसेपाटीमा गत बुधबार भेला भयो, जहाँ प्रचण्डसहित नेताहरू झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

पार्टीभित्रका प्रभावशाली नेताहरु नेम्वाङलाई सभामुख बनाउने आफ्नो चाहनाविपरीत उभिएको देखेपछि ओलीले अचेल सभामुख चयनको विषयलाई नै पार्टी बैठकबाट ‘बाइकट’ गर्न थालेका छन्। 

स्रोतका अनुसार ओली पार्टीभित्रको समीकरणलाई हेरेर तत्काल सभामुख चयनका विषयमा थप कुरा गर्न चाहँदैनन्। ‘त्यसैअनुसार ओलीले सचिवालय बैठकबाट उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखबारे निर्णय गर्ने जस्ता निर्णय गराउँछन्,’ पूर्व माओवादी खेमाका एक नेता भन्छन्।

सभामुख बन्न नेम्वाङ आफैले पनि प्रचण्डलाई ‘एप्रोच’ गर्न खोजेका छन् तर उनलाई प्रचण्डले पटक–पटक ‘इग्नोर’ गरिरहेका छन्। 

पूर्व माओवादीका तीन विकल्प

नेपाल लाइभको सम्पर्कमा आएका तर आफ्नो पहिचान खुलाउन नचाहने पूर्व माओवादीका खेमाका एक प्रभावशाली नेताका अनुसार सभामुख चयनमा पूर्व माओवादीसँग तीन विकल्प छन्। 

पहिलो, प्रचण्डले अघि सारेका अग्नि सापकोटालाई नै सभामुख बनाउन प्रयत्न जारी राख्ने। कतिपयले अग्निलाई रोक्न द्वन्द्वकालीन मुद्दा अदालतमा विचाराधीन भएको विषय पनि उठाउने गरेकाले उनी हुने अवस्था नआए अग्निको विकल्प खोज्ने तर सभामुख नछाड्ने। 

दोस्रो, कतिपयले अहिलेकी उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने र महिला भएका कारण पनि उनैलाई ल्याउनुपर्ने तर्क गरिरहेका छन्। महिलालाई नै सभामुख बनाउनुपर्ने मत बलियो भएर आए आफ्नो खेमाकै महिला नेतृ अघि सार्ने। जसमा  पम्फा भुसाल, पूर्व सभामुख ओनसरी घर्ती लगायतलाई अघि सार्ने। 

तेस्रो, अघिल्ला दुई विकल्पले काम नगरे पूर्व सभामुख महरालाई नै पुनः अघि सार्ने। महराविरुद्ध जिल्ला अदालत काठमाडांैमा विचाराधीन मुद्दामा अन्तिम सुनुवाइ गर्ने गरि आइतबारदेखि अदालतले गरेको सुनुवाइले पनि यो विकल्प अघि बढाउन सकिन्छ भन्ने आत्मविश्वास दिलाएको छ। 

महरा केही समय थुनामा बसिसकेको र दोष अनुसारको सजाय पनि काटिसकेको भन्दै आदालतले उनलाई सफाइ दिनेमा माओवादी पक्ष विश्वस्त छ। महराले सफाइ पाएको अवस्थामा उनलाई नै अघि सार्न सजिलो हुने र उनको विरोध ओलीले पनि गर्न नसक्ने बुझाइ पूर्व माओवादीको छ। 

ओली–प्रचण्डलाई तुम्बाहाङफे चुनौती

सभामुख चयनका लागि ओली–प्रचण्डबीच माथापच्ची भइरहेका बेला उपसभामुख तुम्बाहाङफे चुनौती बनेर आएकी छिन्। 

सभामुख र उपसभामुख दुवै एउटै पार्टीबाट बनाउन नमिल्ने संवैधानिक प्रावधानअनुसार नेकपा सभामुख आफू लिने योजनामा छ। जसअनुसार उपसभामुखलाई राजीनामा गराउनुपर्ने हुन्छ।

तर, तुम्बाहाङफे ओली–प्रचण्डको कल्पनाविपरीत आफूले उपसभामुखबाट राजीनामा नदिने र दिनै परे या त सभामुख आफूलाई दिनु पर्ने या त एउटा राम्रो मन्त्रालय आफूले पाउनुपर्ने ‘बार्गेनेङ’ गरिरहेकी छिन्। 

उनले ओली–प्रचण्डकै अघि आफू सभामुख हुन भएका योग्यताको सूची अघि सार्दै ठाडै भन्ने गरेकी छिन–म उपयुक्त सहमतिबिना राजीनामा दिन्नँ, तपाईंहरूलाई जे मन लाग्छ त्यही गर्नुहोस्। 

शिवमायाले ओली–प्रचण्डअघि यत्तिको साहस देखाउनुमा राष्ट्रपति विद्यादेवी भण्डारीको ‘ब्याकिङ’ रहेको धेरैले ठानेका छन्। राष्ट्रपति भण्डारी आफ्नो गुटका नेताहरूको संरक्षणमा दर्‍होेसँग लाग्ने गरेका धेरै दृष्टान्त सार्वजनिक भइसकेका छन्। 

नेकपाभित्रको परस्परविरोधी शक्ति समीकरणका कारण ठूलै केही नभए सभामुख चयनको गतिरोध अझै केही दिन लम्बिने प्रष्ट देखिएको छ। 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सर... सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्