बंगलादेशका राष्ट्रपति र प्रधानसेनापति थापाबीच भेट

नेपाल लाइभ | २०७६ पौष २९ मंगलबार | Tuesday, January 14, 2020 १३:१३:०० मा प्रकाशित

काठमाडौं– बंगलादेशको औपचारिक भ्रमणमा रहेका  प्रधानसेनापति  पूर्णचन्द्र थापाले त्यहाँका राष्ट्रपति मोहम्द हमिदसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

थापाले सोमबार राष्ट्रपतिनिवास बङ्गभवनमा भेटवार्ता गरेका हुन्। थापा नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी भए।

भ्रमणको सिलसिलामा थापाले शिखा अर्निवानस्थित वीर सैनिक स्मारकमा माल्यार्पण गरेका थिए। साथै उनको स्वागतमा सेना कुञ्जमा  सम्मान गारतको आयोजना गरिएको थियो।

उनले बंगलादेशको आम फोर्स डिभिजनमा भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए । बंगलादेश सेनाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा आइतबार ४ दिने औपचारिक भ्रमणका लागि बंगलादेश प्रस्थान गरेका थिए।

औपचारिक भ्रमण समाप्त गरी उनी माघ १ गते काठमाडौं फर्कने कार्यक्रम छ।