अश्लील भिडियाे बनाएर पैसा कमाउने उद्देश्य राख्ने युवक प्रहरी फन्दामा

नेपाल लाइभ | २०७६ पौष २९ मंगलबार | Tuesday, January 14, 2020 ११:४९:०० मा प्रकाशित

काठमाडाैं- सार्वजनिक बसमा अनैतिक हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने रबिन सार्की (रविन रुचाल)लाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेकाे छ। 

महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरेर तनहुँकाे साविक अरुणाेदय गाविस १ भई चितवनकाे भरतपुर उपमहानगरपालिका विकास चाेक बस्ने २१ वर्षीय सार्कीलाई प्रहरीले साेमबार चितवनबाट पक्राउ गरेकाे जानकारी गराएकाे हाे।

२०७५ माघ ११ गते सार्वजनिक बसमा हस्थमैथुन गरेकाे भिडियाे 'वुमन्स वरियर' नामकाे पेजबाट सामाजिक सञ्जाल र पाेर्नाे साइटमा अपलाेड गरेकाे सूचनाकाे आधारमा उनीमाथि निगरानी राखेकाे प्रहरीले एक वर्षपछि पक्रन सफल भएकाे हाे। 

सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो। भिडियाेमा अश्लील हर्कत गर्ने युवा र पीडित युवती दुवैको अनुहार देखिएको थिएन । 

अनुसन्धानका क्रममा उनी करिब ३ वर्ष अघिदेखि काठमाडाैंकाे बानेश्वरमा डेरा गरी बस्ने गरेकाे सामाजिक सञ्जालमा भिडियाे पाेस्ट भएपिछ भारत गएकाे खुल्न आएकाे छ। सन् २०१९ फेब्रुअरीमा भारत गएका उनी करिब ७ महिना उतै लुकीछिपी बसेका थिए। 

उनले अश्लील भिडियाे बनाएर पैसा कमाउने गरेकाे प्रहरीकाे अनुमान छ।