• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

किन बाहिरिए राजकुमार ह्यारी राजपरिवारबाट?

64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  ०७:३०
1140x725

काठमाडौं- पछिल्लो समय एउटा विषयले विश्वको ध्यान खिचिरहेको छ, त्यो हो बेलायती राजकुमार ह्यारीको राजपरिवारको भूमिकाबाट बहिर्गमन हुने घोषणा। यस विषयले विशेषगरी बेलायतमा ठूलो हलचल निम्त्याएको छ। 

ह्यारी सन् १९८४ सेप्टेम्बर १५ मा सेन्टमेरिज हस्पिटल, प्याडिङ्टनमा आमा डायना र बुबा चार्ल्सको दोस्रो सन्तानको रुपमा जन्मिए। उनको नामकरण ‘प्रिन्स हेनरी चाल्र्स अल्बर्ट डेभिड’ का रुपमा गरियो। तर परिवार र साथीभाइबीच ह्यारीका नामले चिनिन थाले। १९९६ मा आमा डायनाको कार दुर्घटनामा मृत्यु भयो। त्यसपछि सन् २०१७ मा दि टेलिग्राफलाई दिएको अन्तर्वार्तामा उनले आमाको मृत्युपछि आफूमा मानसिक समस्या देखिन थालेको बताएका थिए।

सन् २०१८ मा उनले अमेरिकी अभिनेत्री मेगन मर्केलसँग विवाह गरे। उनको विवाहको विषयलाई लिएर केही सकारात्मक हल्ला चले भने केही नकारात्मक। उनीहरूको विवाहको प्रसङ्ग बाहिर आएसँगै विभिन्न मिडियाहरुले मेगनको जातियतामाथि पनि प्रश्न नउठाएका भने होइनन्। त्यसबेलादेखि नै मिडियाप्रति उनीहरूको वितृष्णा जागेको थियो।

मेगनका पछिल्ला अन्तर्वार्तामा राजपरिवारप्रति आफ्नो उत्कट इच्छा नभएको बताउँदै आएकी थिइन्। ह्यारीले पनि आफूलाई उपाधीको कुनै आश नभएको र मिडियाहरूबाट पनि सँधै टाढा हुन खोज्ने आफ्नो स्वभाव भएको बताउँदै आएका छन्। राजगद्दीको वरियताको आधारमै हेर्ने हो भने पनि ह्यारी छैटौं स्थानमा पर्छन्।
यस्तो छ राजपरिवारको वरियताक्रम

पछिल्ला केही महिना उनीहरू आफ्नो छोरो आर्चीसँगै क्यानडामा बस्दै आएका थिए। ह्यारी र मेगनका अनुसार राजपरिवार बहिर्गमनको विषयमा दुवैले धेरै महिनाअघिदेखि सल्लाह गरेर यस्तो निर्णय लिएका हुन्।
उनीहरूले २०१८ को अक्टूबरमा नै विभिन्न टेलिभिजनहरूले लिएको अन्तर्वार्तामा यसको बारेमा केही संकेत गरेका थिए। 

त्यसबेला राजकुमार ह्यारी र मेगन अफ्रिका भ्रमणमा थिए। सोही समयमा उनीहरूमाथि एउटा डकुमेन्ट्री पनि बनेको थियो। जब उनीहरूको डकुमेन्ट्री टिभीमा सार्वजनिक भयो, त्यसबेलादेखि नै उनीहरूको रुची स्वतन्त्र रुपमा आम मानिसले झैं जीवनयापन गर्ने थियो भनेर उनीहरूले बताउँदै आएका छन्।

क्यानडाको लामो बसाइपछि बेलायत फर्किएका उनीहरूले एक्कासी आफ्नो बहिर्गमनको घोषणा गरे, जुन राजपरिवारलाई झड्का साबित भयो। अप्रत्याशित रुपमा गरिएको यति ठूलो निर्णयका बारेमा राजपरिवारका अन्य सदस्यसँग कुनै सरसल्लाह थिएन। यो निर्णयबाट खासगरी महारानी एलिजावेथ स्तब्ध भइन्। राजपरिवारलाई चोट पुग्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

घोषणा भएकै दिन बकिङघम दरबारले एक वक्तव्य सार्वजनिक गर्दै भन्यो, ‘उनीहरूको फरक धारमा रहेर जीवन व्यतित गर्न चाहने लक्ष्यलाई हामीले बुझेका छौं। तर, बिनासल्लाह यति ठूलो निर्णय गर्नु उचित होइन। यसमा लामो बहसको आवश्यकता छ।’


यसैक्रममा विभिन्न सञ्चारमाध्यममा यस विषयमा सोधिएको प्रश्नमा मेगनले आफूहरूले यसविषयमा पूर्वतयारी गरेरै निर्णय लिएको बताएकी छन्। ‘धेरै महिनादेखिको छलफलबाट नै हामीले यस्तो निर्णय लिएका हौं,’ मेगनले भनिन्, ‘हामी अहिले पर्ख र हेरको अवस्थामा छौं, मैले पहिलेदेखि नै ह्यारीलाई भन्दै आएकी छु, जिन्दगी ज्युनुमात्रै जीवनको उद्देश्य होइन।’

यस्तो निर्णय लिनुको पछाडि अरु पनि कारण भएको आशंङ्का गरिएको छ। गतवर्षको अक्टूवरमा मेगनको व्यक्तिगत इमेल कुनै एक स्थानीय अखवारमा सार्वजनिक भएपछि उनी कानुनको ढोका ढक्ढक्याउनसम्म पनि पुगेकी थिइन्।

त्यसबेला ह्यारीले भनेका थिए, ‘सानै उमेरमा आमा गुमाएँ। आमाको मृत्युपछि मानसिक समस्याको सामना गर्दै आएँ। अहिले फेरि आफ्नी पत्नी गुमाउन चाहन्नँ। सँधै मिडियाको आँखामा परिरहनु मेरो रुचीको विषय होइन, मानिसहरूले कुनै एउटा भौतिक वस्तुको रुपमा मात्रै हेरिरहनु मेरा लागि सर्वथा अनुचित छ।’ उनले अरुको व्यक्तिगत कुरामा धेरै चासो नदिन मिडियाहरूलाई आग्रहसमेत गरेका थिए।

के हुन सक्छ बहिर्गमनको कारण?
उनी राजपरिवारको वरियताक्रममा छैटौं स्थानमा छन्। कतिपय मानिसहरूले यसैलाई नै उनको राजपरिवारको आफ्नो जिम्मेवारीबाट बाहिरिएको विषयसँग जोडेर हेर्ने गरेका छन्। तर, यस विषयमा राजकुमार ह्यारी भने मौन बसिरहेका छन्। उनका अनुसार सार्वजनिक रुपमा प्रशंसनीय अथवा आलोचित भएर बस्नुभन्दा व्यक्तिगत स्वतन्त्रतामा रमाउनु नै उचित भएकाले नै उनले बहिर्गमनको बाटो अङ्गालेका हुन्।

केही मानिस भने उनकी श्रीमती मेगनका कारण उनीहरूले सो निर्णय लिएको बताउँछन्। गत वर्ष आफ्नो व्यक्तिगत इमेल सार्वजनिक भएसँगै उनमा यसप्रति वितृष्णा जागेको हुनसक्ने आँकलन गरिएको छ। उनको व्यक्तिगत विषय सार्वजनिक गरेको भन्दै बेलायतको उच्च अदालतमा दी न्यूज‚ न्यूज अफ द वर्ल्ड र द डेली मिरर् नामक समाचार संस्थावरुद्ध उजुरी दर्ता गराएकी थिइन्।

उनीमाथि यस विषयलाई लिएर गरिएको नकारात्मक टिप्पणी ह्यारीलाई चित्त नबुझेको कारणले पनि उनी यो निर्णयसम्म पुगेको हुनसक्ने आशंका धेरैले गरेका छन्।

उनको व्यक्तिगत स्वार्थका लागि राजपरिवारमा आफ्नो भूमिकाबाट नै अलग हुने निर्णय गर्नु राम्रो नभएको विश्लेषण पनि प्रशस्तै गरिएका छन्। कतिपयले भने अमेरिकामा जीवन व्यतित गरेकी मेगनले राजसंस्थामा टिक्न नसकेको भनी टिप्पणी गरेका छन्।

राजकुमार ह्यारी उनका दाजु राजकुमार विलियम झैं मिडियालाई फेस गरिरहने स्वभावका छैनन्। त्यसैले पनि यसरी सार्वजनिक रुपमा अगाडि आइरहनुभन्दा आफ्नै एउटा नयाँ च्यारिटी संस्थाको उद्घाटन गरी सोही संस्थाको प्रमुखको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा रहेको बताइएको छ।

यस्तो आकस्मिक रुपले राजपरिवारका सदस्यहरू नै आफ्नो भूमिकाबाट बाहिरिन थालेपछि कतै ‘लहरो तान्दा पहरो गर्जने’ पो हो कि? भन्ने आशङ्का पनि गरिएको छ। उनलाई नै उदाहरण मानेर अरुले पनि यस्तै निर्णय गर्न थाले भने कतै राजसंस्थामाथि नै प्रश्नचिह्न खडा हुने त होइन? भन्नेजस्ता विभिन्न विश्लेषणहरू पनि बाहिर आइरहेका छन्।

यसका साथै उनीहरूले आगामी दिनहरूमा साना मिडियाहरूसँग बढी सम्पर्कमा रहनेसमेत निर्णय गरेका छन्। दुवैले राजपरिवारमा आफ्नो भूमिकाबाट अलग भए पनि विभिन्न सामाजिक सञ्जाल आदिका माध्यमबाट सम्पर्कमा रहिरहने बताएका हुन्।

गत वर्ष राजकुमार ह्यारीले सेनाको कामकाजबाट पूर्ण रुपमा अवकाश लिएर क्यानडाको ब्रिटिस कोलम्बियामा समय व्यतित गरेका थिए। उनलाई दाजु विलियमको जस्तो राजसंस्थाको कुनै पनि कार्यक्रमको वास्ता थिएन। उनमा सँधै एक साधारण व्यक्तिको रुपमा जीवन जिउने चाहना रहेको उनका समकक्षीहरूले बताएका छन्।

सो विषयलाई लिएर अहिले राजपरिवारमा विभिन्न छलफलहरू भइरहेका छन्। हालैमात्र राजपरिवारको सामूहिक छलफल बसेर उनलाई यस्तो निर्णय फिर्ता लिन आग्रह गरिएको छ। यस्तो निर्णयप्रति उनका बुबा‚ युवराज चार्ल्स र उनका दाइ विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेका छन्। 

अबको उनको बाटो कस्तो रहनेछ भन्ने बारे त समयले नै बताउला तर अचानक उनले गरेको यस्तो अप्रत्याशित निर्णयले विश्वको ध्यान भने तानिरहेको छ।

(बीबीसी, सीएनएन, डेलीमेललगायतका समाचार संस्थाहरुको सहयोगमा)

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव मेलोनीका अनुसार विद्यालयमा विद्यार्थीको अनुहार स्पष्ट देखिनुपर्नेछ। कुनै पनि व्यक्तिलाई परम्परा वा संस्कृतिको नाममा अनुहार ढाक्न दबा... सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति रुसमा संसदीय निर्वाचनको अन्तिम दिन चलिरहेका बेला युक्रेनले रातभर एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। सोमबार, असोज ५, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्