काठमाडौं– आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सभामुखमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक फेरि स्थगित, माघ ६ गतेलाई सारियो अर्को बैठक, नेकपाको दलगत स्वार्थले संसद् बन्धक बनाउन नपाइने कांग्रेसको तर्क ।
२) प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतसहित पारित, पक्षमा एक सय पाँच र विपक्षमा ३ मत, प्रदेशको नाम बागमतीमा सर्वसम्मत ।
३) अन्तर्राष्ट्रिय उडानमा नेपाली वायुसेवा कम्पनीको बजार हिस्सा बढ्यो, २०१९ मा झन्डै ६ प्रतिशतले वृद्धि, एक नम्बरमा नेपाल एयरलाइन्स ।
४) ‘ए’ डिभिजन लिग फुटबलमा बिग्रेड ब्वाइजसँगको बराबरीपछि सरस्वती युथलाई पहिलो अंक, अर्को खेलमा फ्रेन्ड्स क्लबको पहिलो जित, थ्री स्टारले गुमायो दोस्रोमा उक्लने अवसर ।
५) र, ताइवानको राष्ट्रपतिमा फेरि पनि साइ इङ वेन निर्वाचित, बनिन् दुई पटक ताइवानको राष्ट्रपति हुने पहिलो महिला, बेइजिङलाई धक्का ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।