नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ पौष २६ शनिबार | Saturday, January 11, 2020 २०:१८:०० मा प्रकाशित

काठमाडौं– शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) प्रतिनिधिसभा सभामुखमा नेकपाले उम्मेद्वारी दिने, उपसभामुख डा.तुम्बाहाङ्फेलाई राजीनामा गराउने सचिवालय बैठकको निर्णय, राजीनामापछि मात्र सभामुखमा उम्मेदवार टुंगो लगाइने ।

२) प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउन विवेकशीलको प्रस्ताव संसदमा दर्ता, ‘बाग्मती’ नाममा भने समर्थन, प्रदेश राजधानी सर्वसम्मत पारित नहुने। 

३) चौधरी ग्रुपको सिजी कम्युनिकेसनलाई सरकारले अनुमति नदिएको प्रति कांग्रेसको असन्तुष्टि, कानुनी प्रावधान पूरा गरेको कम्पनीलाई सञ्चालन अनुमति नदिनु पूर्वाग्रह भएको भनाइ ।

४) ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेललाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, जावलाखेलको पहिलो हारसँगै अपराजित यात्रामा पूर्णविराम, अर्को खेलमा मनाङ र हिमालयन शेर्पाको गोलरहित बराबरी ।

५) र इरान विमान दुर्घटना ः ‘मानवीय त्रुटिका कारण’ युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति, ‘ठूलो विपत्ति र अक्षम्य गल्ती’ भएको इरानका राष्ट्रपति हसनको भनाइ ।

पूरा समाचार भिडियोमा