काठमाडौं– नेपालका लागि सुजुकी फोरह्वीलरको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङसको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउने जनाइएको छ।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधा पाउनेछन्। त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत पाउनेछन्। यसअवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिनआयल, एसेसरिज र ह्वील एलाइनमेन्टमा १० प्रतिशत छुट पाउनेछन्।
सुजुकीको यो क्याम्प नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा उपलब्ध हुनेछ। ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।